Saturday, July 13, 2019

लघुकथा
सपनाकोे साडेसात
धेरै दिनदेखि उसको मनमा एउटा आकांक्षा पलाएको छ । आकांक्षालाई मूर्तरूप दिन उ दिन, रात हरेक
ठाउँहरूमा धाएको धायै छ । इन्टरनेट वेभसाइट र सूचना, ब्रोसरहरु खोजेर हरेक कुराको जानकारी लिएको लियै छ । साथीभाइहरू, अग्रज, गुरूवर्ग तथा त्यस्तै सल्लाह दिन भनेर सहरका अग्ला विल्डिङमा झुण्ड्याएका साइनबोर्डका मुन्तिर त कति कति ठाउँमा छि¥यो छि¥यो, त्यसको हिसाब किताबै छैन । सबैको सल्लाहको निचोड भनेको मेहनत नै गर्नुपर्ने प्राप्त भएको हुदा उ अग्रेजी भाषा परीक्षाको तयारीमा लाग्छ । घरबाट बाबुले पठाउने खर्चको मात्रा बढाउन आग्रह गर्दै उसले अग्रेजी भाषा परीक्षाको तयारी पनि ग¥यो । वास्तवमा उ उम्दो विद्यार्थी भने थिएन । कुनै कक्षामा पनि फेल नभइकन बाह्र कक्षा पास गरेकोले उसका बनोट मध्यम स्तरको नै भएको हुदा कुनै कक्षामा पनि उसले प्रथम श्रेणीको अंक प्राप्त गर्न सकेको थिएन । त्यसैले अग्रेजी भाषा परीक्षामा पनि उसको परफरमेन्स मध्यम तहकै रह्यो, तैपनि उ परीक्षामा साडे सात अंक आउनेमा भने आशावादि नै थियो । विदेश गएका साथीहरूको गफ सुन्दा उ आपूmलाई भोक, निद्रा लागेको पनि थाहा पाउदैन थियो । आशै आशामा उसले आफ्नो क्षमता अनुसार पूरा तयारी गरेर अग्रेजी भाषाको परीक्षा दिएको छ । अब उ भाषा परीक्षाको नतिजा कहिले आउला भनेर धैर्य साँधेर बसेको छ ।
विदेशबाट आउने भाषा परीक्षाको नतिजा भोलि बिहानै आउने दिन छ । उ आजदेखि नै पुलकित भएको छ ।  भाषा परीक्षाको नतिजा पछि विदेशी विद्यालयमा भर्ना हुन र त्यहाँ बस्न, खानको लाग्ने खर्चको अनुमान समेत उसले घरमा बाबुलाई पठाएर पैसाको जाहो गर्न भनिसकेको छ । भोली बिहानै नतिजा आउदै छ । उ आज बेलुकी अबेरसम्म विभिन्न कुराहरुको सोचाइमा मग्न भैरहेको छ । शरीर कोठामा भए पनि उसको मन भने विदेशीइ सकेको छ । यस्तै उस्तै कुराहरु सोच्दै भाषा परीक्षामा साडेसात कसो नआउला भनेर मनले अडकल काटेको र यदि आएन भने के गर्ने ! भनेर मन चसक्क हुदै थियो पत्तै पाएन उ कतिबेला निदाइसकेछ । निद्रामा सपना देख्छ ओपेरा हाउस, त्यसको प्राङ्गण, प्राङ्गणमा व्यस्त झिलिमिली रेष्टुरेण्टहरु, मानिसहरुको भिडभाड र चहलपहल, प्राङ्गणमा जोडिएका डुङ्गा र फेरीहरुको लस्कर, मानिसहरुको आवत जावत, पूmर्तिला र सफा सुग्घर मानिहरु, आकाशे रेल, समुद्र माथि देखिने हार्वर ब्रिज र ब्रिजमुनि सयर गरिरहेका फेरी(डुङ्गा)हरू, सहर घुम्दै जाँदा पुगिने डार्लिङ हार्वरमा देखिने विदेशि पर्यटकहरूको चहलपहल, पानिका फोहोरा, होटल रेष्टुरेण्टहरु, सामुद्रिक डुङ्गा, पानिजहाजहरु, आकाशे मनोरेल, तलै तला भएका आकाशे सडकहरु (फ्लाइ ओभर) देख्दा उ स्वप्नमै पुलकित भैरहन्छ । घडिले बिहानको पाँच बजाइ सकेछ । पल्लो घरको छतमा पालेको गिरीराज भालेले आफ्नो फुर्ती निकालिहाल्यो कुखुरी............काँ ............। उसको निद्रा खुल्यो । हतार हतार गर्दै घडी हे¥यो, ट्वाइलेट गयो, हातमुख धोएर फ्रेस भयो र ल्यापटप खोलेर भाषा परीक्षाको नतिजा हेर्न वेभसाइट भित्र छि¥यो । नाम गापिनाथ शर्मा, बाबुको नाम रामनाथ शर्मा प्राप्ताङ्क ..७ मात्र । स्वप्नमा साडेसात, विपनामा सातमात्र देख्दा उसले. छाँगाबाट खसेजस्तो महसुस ग¥यो । एक पटक पुर्पुरो समाएर फेरी ओछ्यानमा पल्टियो र निराशाको लामो सुस्केरा हाल्यो खुईईईय ।